चौताराले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

चौतारा साँगाचोकगढी नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

२९ माघ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार नगरपालिकाले सूचना प्रकाशन गरेर निर्णय सार्वजनिक गरेको हो। जनयुद्ध दिवसका दिन नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा सेवा बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले जानकारी दिए ।
यस अघि सरकारलाई सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । नगरपालिकाको कुबिन्डे जनयुद्धको उद्गमस्थल समेत हो ।

यसैबीच लिसंखु पाखर गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया