चौतारा अस्पताल नेपालकै उत्कृष्ट

चौतारा अस्पताल गुणस्तर सुधारमा नेपाल कै उकृष्ट हुन सफल भएको छ ।

२ फागुन, सिन्धुपाल्चोक । चौतारा अस्पताल गुणस्तर सुधारमा नेपाल कै उकृष्ट हुन सफल भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिए संगै नेपालकै प्रथम हुन सफल भएको हो ।
अनुगमन पछि फलोअप समिक्षामा विभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अंक ल्याउन ८ अंक नपुग्नुका कारणहरु बारेमा समेत समिक्षा गरिएको थियो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०८० फागुन १ र २ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले ९२% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम भएको हो । निर्देशनालयका न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नाल सहितको ५ सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशत मध्ये ९२ प्रतिशत ल्याइ नेपालमै १५ शैया क्याटेगोरीमा प्रथम भएको समीक्षा कार्यक्रममा बताए । यस अघि भएको फलोअप समिक्षामा ८९ प्रतिशत प्राप्त गरेको थियो ।
कार्यक्रममा अस्पतालबाट पौष महिनाका उत्कृष्ट कर्मचारी सि.अ.न.मी. निरिक्षक सिता श्रेष्ठ र माघ महिनाको उत्कृष्ट कर्मचारी मेडिकल रेकर्डर निरिक्षक दुर्गा रेग्मीलाइ महिनामा उत्कृष्ट हुने कर्मचारीहरुलाइ सम्मान समेत गरीएको थियो ।

प्रतिक्रिया