बागमतीमा पहिलोपटक लघु चलचित्र पटकथा लेखन कार्यशाला

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले पहिलोपटक लघु चलचित्र पटकथा लेखन कार्यशाला सञ्चालन गरेको छ ।

८ फागुन, काठमाडौं । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले पहिलोपटक लघु चलचित्र पटकथा लेखन कार्यशाला सञ्चालन गरेको छ । चितवनको सौराहामा फागुन ३ गतेदेखि सुरु भएको कार्यशालामा बागमती प्रदेशभित्रका २३ जना सहभागी थिए । तालिमको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्री गंगानारायण श्रेष्ठले गरेका थिए भने समापन बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले गरे ।
सञ्चार रजिष्ट्रारको कार्यालयले पहिलोपटक लघु चलचित्र पटकथा लेखन कार्यशाला सञ्चालन गरेको र यसमा अझै धेरै गर्न बाँकी रहेको रजिष्ट्रार सापकोटाको भनाई छ । उनले ७० प्रतिशत मिडियाहाउस र ५० प्रतिशत मिडियाकर्मी रहेको बागमती प्रदेशमा संघियता कार्यान्वयनको प्रत्याभुति गराउने प्रतिबद्धता ब्यक्त गरे । क्लासरुम र वर्करुमबिचको ग्याप फुलफिल गर्न यो तालिमले ब्रिजकोर्सको काम गरेको उनले बताए । पटकथा लेखन तालिममा मुख्य प्रशिक्षक लेखक, निर्माता तथा निर्देशक केशव पाण्डे थिए । यसैबिच रजिष्ट्रारको कार्यालयले डाटा ड्रिभन पत्रकारिता तालिम पनि सञ्चालन गरेको थियो ।

प्रतिक्रिया