क्याम्पसस्तरीय हाजिरीजवाफमा रत्नराज्य प्रथम

उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ ।

११ फागुन, काठमाडौं । उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । शुक्रबार मार्क्सवादी ज्ञान केन्द्रद्वारा आयोजित प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो स्थान हाँसिल गर्यो । यस्तै पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १० हजार, रु ७ हजार पाँच सय र रु ५ हजार, सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सयसहित प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजेता टोलीलाई केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया