तोडियो गठबन्धन : नयाँ गठबन्धनबनेसँगै आजै सानो आकारको मन्त्रिपरिषद

काँग्रेससहितको गठबन्धन तोडिएलगत्तै नयाँ सत्ता समिकरण सुरु भएको छ । माओवादी, एमाले, रास्वपा, जसपा लगायत दलहरु नयाँ समिकरणमा सहभागि हुने भएका छन् ।

२१ फागुन, काठमाडौं । काँग्रेससहितको गठबन्धन तोडिएलगत्तै नयाँ सत्ता समिकरण सुरु भएको छ । माओवादी, एमाले, रास्वपा, जसपा लगायत दलहरु नयाँ समिकरणमा सहभागि हुने भएका छन् ।

नयाँ समिकरण मातहत आजै सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुने पक्का भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले त्यसको सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै, सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ ।’ स्रोतका अनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने मन्त्रिपरिषदमा आजै सहभागि हुने पक्का भएको छ । पुन अर्थमन्त्रालयमा, गिरी भौतिक योजना तथा यातायात र लामिछाने गृहमन्त्री हुने प्रारम्भिक सहमति भएको स्रोतले बतायो ।

मन्त्रालयको भागबण्डाको टुंगो लाग्न बाँकी रहेकाले आज विनाविभागीय मन्त्रिपरिषद गठन हुन पनि सक्ने बताईएको छ । नेपाली कांग्रेससँग रुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेको खबर सार्वजनिक भएका बेला एमाले उपाध्यक्ष पाण्डेको उक्त अभिव्यक्ति आएको हो। नयाँ गठबन्धनका लागि बालुवाटारमा गएराति समझदारी बनेको थियो ।

आजै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगन गरिएको छ। नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी बैठक डाकेको छ । माओवादी केन्द्र र नेकपा एमालेले सचिवालय बैठक गरिरहेका छन । रास्वपाले पनि आजै बैठक राखेको छ ।

प्रतिक्रिया