नयाँ गठबन्धनका तीन विनाविभागीय मन्त्रीले लिए शपथ

नयाँ सत्तागठबन्धनबाट तीन जना विनाविभागीय मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

२१ फागुन, काठमाडौं । नयाँ सत्तागठबन्धनबाट तीन जना विनाविभागीय मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर यसअघि खेलकुद मन्त्री भएका थिए। उता एमालेका पदम गिरी २०७९ पुसदेखि केबल ३२ दिन स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि त्यही बेला श्रममन्त्री बनेका थिए।

प्रतिक्रिया