राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलवार हुने निर्वाचनको कार्य तालिका अनुसार दाहाल र शर्माले संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान उम्मेदवारी दर्ता गरेका हुन् ।
सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

प्रतिक्रिया