सांसद सापकोटाको पहलमा ‘बलेफी–जलविरे–तेम्वाथान’ सडक स्तरोन्नति गर्न ४ करोड निकासा

ब्रम्हायणी करिडोरको लाइफलाइन 'बलेफी–जलविरे–तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्ग स्तरोन्नतिका लागि ४ करोड बजेट निकासा भएको छ । सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधसभा सदस्य एवं माओवादीका प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’को पहलमा सडक स्तरउन्नतिका लागि अर्थमन्त्रालयबाट बजेट निकासा भएको उनको सचिवालयले जनाएको छ ।

३० फागुन, सिन्धुपाल्चोक । ब्रम्हायणी करिडोरको लाइफलाइन ‘बलेफी–जलविरे–तेम्वाथान’ सहायक राष्ट्रिय राजमार्ग स्तरोन्नतिका लागि ४ करोड बजेट निकासा भएको छ । सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधसभा सदस्य एवं माओवादीका प्रभावशाली युवा नेता माधव सापकोटा ‘सुबोध’को पहलमा सडक स्तरउन्नतिका लागि अर्थमन्त्रालयबाट बजेट निकासा भएको उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि स्तरोन्नतिको काम भइरहेको यो सडक खण्डमा अघिल्लो अर्थमन्त्रीको पालामा रकम अपुग भएपछि काम सुस्त भएको थियो । अर्थमनत्रालयमा माओवादी नेता बर्षमान पुन आउने वित्तिकै सडकका लागि रकम निकासा भएको हो । यो राजमार्गको ट्रयाक ओपनको काम पहिले नै सकिएकाले यसको स्तरउन्नतिका कामहरु हुँदै आएको छ । बलेफीबाट जलबिरेसम्मको सडक स्तरउन्नतिका लागि बजेट अभावले केहि समययता काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने १० किलोमिटर सडक स्तरउन्नतीको ठेक्का सुवर्ण निर्माण सेवा, कनक कवि जेभि, त्रिवेणी निर्माण सेवाले जिम्मा लिएका थिए ।

बलेफि–जलबिरे सडकको स्तरउन्नतीका लागि अर्थमन्त्रालयबाट बजेट निकासा भइसकेकोले कामले तिब्रता पाउने सापकोटाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार लिसंखु ठोकर्पा पुरानोकोट सडक स्तरोन्नतिका लागि १ करोड बजेट निकासा भएको छ । सांसद सापकोटाकै पहलमा यो बजेट निकासा भएको हो । सोही बजेटबाट २१ किलोमिटरको लिसंखु पुरानोकोट सडकखण्डमा स्तरउन्नतिको काम हुने जनाइएको छ । यो सडक निर्माणको जिम्मा २०७९ सालमा पाण्डे नयाँयुग जेभीले लिएको थियो । थालनी भएका काम समयमै गुणस्तरीय ढंगबाट सम्पन्न गर्न सांसाद सापकोटाले समय समयमा सर्बपक्षीय अनुगमन समेत गर्ने गरेका छन् ।

प्रतिक्रिया