चौतारामा कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु

चौतारा साँगाचोकगढी नगरपालिकामा कृषि, पर्यटन तथा सिन्धु सांस्कृतिक महोत्सव सुरु भएको छ ।

१ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा कृषि, पर्यटन तथा सिन्धु सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवको चौतारास्थित टुँडिखेलमा बिहिबार बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले उद्घाटन गरेका हुन् ।

महोत्सवमा कृषि उपजहरुको प्रदर्शन र बिक्रि, खेल तथा मनोरञ्जन, ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, सांस्कृतिक झाँकी साथै विभिन्न खानाका परिकारको प्रदर्शन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता तथा लाइभ दोहोरी समेत हुने छ । राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोकले आयोजना गरेको उक्त महोत्सवको संरक्षक चौतारा साँगाचोकगढी नगरपालिका रहेको छ । विशेष सहयोगी सिन्धुपाल्चोकका सबै पालिका, वडाहरु र ब्यवस्थापक डोलेश्वर क्याटरिङ एण्ड रेन्टल सर्भिस रहेका छन् । महोत्सव यही चैत्र १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया