सिन्धुपाल्चोकमा २५ सहिद थपिए

सिन्धुपाल्चोक जिल्लाका सहिदको सूचीमा २५ जना थपिएका छन् ।

२ चैत, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका सहिदको सूचीमा २५ जना थपिएका छन् । सहिदको नामावली नेपाल सरकारले फागुन २४ मा राजपत्रमा प्रकाशित गरेको हो। विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन अर्पण गरेकाहरूलाई सम्मानस्वरूप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
थप सहिदको सूचीमा बम बहादुर खत्री, बुद्धिमान तामाङ, देवी श्रेष्ठ, धोर्जे तामाङ, घ्याप्सिङ तामाङ, हरी बहादुर थिङ, माइती तामाङ, ईश्वर बुढाथोकी, झक बहादुर तामाङ, निर बहादुर तामाङ, पदम तामाङ, पुष्पलाल श्रेष्ठ, राम बाबु विश्वकर्मा, रामजी भुजेल, श्याम तामाङ, सिताराम कार्की, टिकादत्त दुलाल, यम बहादुर तामाङ, सोङनोर्बु शेर्पा, विशाल तामाङ, रामहरी भटराई, देवराज गिरी(पदम), रमेश गिरी, मोहन बहादुर विक र बल बहादुर थापा रहेका छन् ।

प्रतिक्रिया