पालिकाको शिर जुगल हिमाल आरोहणको भव्य तयारीमा जुगल सरकार

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले पालिकाको शिर जुगल हिमाल आरोहणको भव्य तयारी भइरहेको जनाएको छ ।

१० चैत, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले पालिकाको शिर जुगल हिमाल आरोहणको भव्य तयारी भइरहेको जनाएको छ ।
काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिम शृङ्खला अन्तरगतका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यहि चैत्र २३ गतेदेखि २०८१ बैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहिले गर्ने आरोहणको तयारी पूरा भएको अध्यक्ष स्याङ्बोले बताए । उनका अनुसार गाउँपालिकाको शिरमा रहेका दुई चुचुरा जुगल -१ र जुगल -२ को दश पर्यटकले पहिलो पटक आरोहण गर्ने छन् । आरोहण टोलिमा सात जना कोरियन र तीन जना नेपाली रहने छन् ।

हिमाल आरोहणका लागि सरकारले दस्तुर समेत मिनाहा गरेको छ । गत बर्ष मात्रै सरकारले ६५९१ मिटरको चुचुरो र ६५१८ मिटर अर्को अर्को चुचुरोलाई क्रमश ‘जुगल -१’ र ‘जुगल -२’ नामाकण गरेको थियो । विहिबार बसेको मन्त्रिपरिषद बैठकले हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गरिसकेको छ । वि सं २०७५ मा नेता अग्निप्रसाद सापकोटा, माधव सापकोटा, सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलो पटक जुगल हिमालको आरोहण सुरुवात गरिएको थियो । त्यतिबेला मायाँ गुरुङ, मिलन तामाङलगायतको टोलिले सफलतापूर्वक हिमाल आरोहण गरेको थियो । नेता द्वय माधव सापकोटा र सुवास कर्माचार्यले पनि आरोहिहरुलाई हौसला प्रदान गरेका थिए । आरोहण अनुमति र दस्तुर मिनाहा भएपछि पालिकाले आरोहणको अन्य व्यवस्थापन सम्बन्धी काम गरिरहेको अध्यक्ष स्याङ्बोले बताए । यस कार्यबाट पालिका र देशकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया