सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत, महासचिवमा गुभाजू

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्वराज बस्नेत विजयी भएका छन् ।

चैत्र १२, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्वराज बस्नेत विजयी भएका छन् । चैत १० गते भएको निर्वाचनमा बस्नेतले २ प्रतिश्पर्धीलाई पछिपार्दै ९ सय ४ मतसहित विजयी भए । बाह्रविने नगरपालिकाको बाह्रविसेमा सम्पन्न ११ औ अधिवेशन पछि भएको मतदानमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । बस्नेतले प्रतिस्पर्धीहरु सुमन खत्री र शम्भुबहादुर तिमिल्सिनालाई हराउँदै जित निकाल्न सफल भए । मतदान प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी भएका छन् । प्रधानले ८ सय ११ मत ल्याए । उनका प्रतिस्पर्धी सूर्यबहादुर कार्की १ सय १८ मताले पछि परे ।
यस्तै द्धीतीय उपाध्यक्षमा ईन्द्रबहादुर राउत विजयी भएका छन् । प्रतिद्वन्दी उम्मेदवार राजेश श्रेष्ठलाई २ सय ५५ मतले पछि पार्दै उनी विजयी भए । यसअघि मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा २ जना महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए । प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष विचारी पराजुली, महासचिवमा ईश्वर गुभाजू र सहकोषाध्यक्षमा उद्वव पौडेल निर्विरोध निर्वाचित भएका हुन । यसैगरी महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए।
कार्यसमितिको खुल्ला सदस्यहरुमा अमर बहादुर श्रेष्ठ, असोक कुमार श्रेष्ठ, ईश्वर खत्री, उदद्दब तिमल्सिना, उमेश श्रेष्ठ, कुमार थापा, गणेश नेपाल, चेङा शेर्पा, दल बहादुर रुम्बा, दावा ग्याल्जेन शेर्पा, प्रकास पौडेल, मणिकलाल श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना र सुशान्त भट्टराई विजयी भएका छन् ।

प्रतिक्रिया