साँगाचोकमा गलैंचा बुनाइ तालिम

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १२, रानाथोकमा २ महिने गलैंचा बुनाइ सीप विकास तालिम गरिएको छ ।

१५ चैत, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १२, रानाथोकमा २ महिने गलैंचा बुनाइ सीप विकास तालिम गरिएको छ । कमलको फुल महिला बहुउद्देश्यीय सहकारी संस्था को आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमबाट २० जना स्थानीय लाभान्वित भएका छन् ।
बुधबार नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण साथै गलैंचा बुनाइ प्रशिक्षण कार्यक्रमको समापन गरे । उनले सीप सिकेपछि सिपलाइ हतियार बनाएर नाफा कमाउन आग्रह गरे । गलैंचाको बजार राम्रो भएको र अरु कृषिको काम गरेर पनि फुर्सदको बेलामा आम्दानी निकाल्न सकिने भएकाले तालिम प्रभावकारी हुने उनको विश्वास छ । तालिम गत माघ ४ गतेदेखी सुरु भएको थियो । समापन कार्यक्रममा नगरपालिकाका उपमेयर सीता थापा, वडाअध्यक्ष दिपेन्द्र प्रसाद नेपाल, आयोजक संस्थाका प्रतिनिधी लगायत स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया