चौताराको सार्वजनिक सुनुवाई : वित्तिय प्रगति ४३ प्रतिशत

जिल्ला सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक बर्षको नौ महिनामा ४३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।

१७ चैत, सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक बर्षको नौ महिनामा ४३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ ।
नगरपालिकाले विहिबार सार्वजनिक सुनुवाइको आयोजना गरी यो आर्थिक बर्षको साउन देखि चैतको दोस्रो साता सम्ममा ४३ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिएको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले कार्यक्रममा नगरले यस अवधिमा सम्पन्न गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए । सो विवरणमा नगरपालिकाले दहत्तर बहत्तरवाट २० करोड ४१ लाख ८४ हजार ३ सय ४४ राजस्व संकलन गरेको जानकारी दिइएको थियो । चालु आर्थिक बर्ष २०८००८१ को लागि १ अर्व २४ करोड ५२ लाख विनियोजन गरेकोमा हालसम्म ५३ करोड ५४ लाख ३६ हजार खर्च भएको छ । यो कुल बजेटको ४३ प्रतिशत हो ।
सो विवरणमा सहभागिहरुबाट प्राप्त जिज्ञासाको नगरप्रमुख कृष्णप्रसाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले दिएका थिए । कार्यक्रमको औचित्यबारे नगरपालिका उपप्रमुख सीता थापाले जानकारी दिएकी थिइन् । कार्यक्रममा नगरका सल्लाहकार चन्द्र सापकोटा, वडाध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, सञ्चारकर्मी र सर्वसाधारण नागरिकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया