बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्रो पटक विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। सोमाबार उननले पुन विश्वासको मत पाएका हुन् ।

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्।
सोमाबार उननले पुन विश्वासको मत पाएका हुन् । आज १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाएको सभामुख भुवन पाठकले जानकारी गराए । विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन्। बागमती प्रदेश सभामा ११० सांसद छन्। सोमबार दिउँसो डाकिएको प्रदेशसभाको बैठकमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री जम्कट्टेले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरे ।
विपक्षमा नेपाली कांग्रेसको ३७ मत परेको हो भने राप्रपाका १२ र नेमकिपाका ३ गरी १५ सांसद तटस्थ बसे । विश्वासको मत दिने कार्यक्रममा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका एक सांसद भने उपस्थित भएनन्।
यसअघि उनले पहिलो पटक ३ माघ २०७९ मा १०५ सांसदले समर्थन गरेर विश्वासको मत पाएका थिए।
त्यसपछि पुनः दोस्रो पटक १० चैत २०७९ मा ६७ सांसदको मत पाएका थिए।

प्रतिक्रिया