संसदमा सापकोटाको गर्जन : बाह्रबिसे तातोपानी सडक स्तरोन्नति कहिले ?

सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले बाह्रबिसे तातोपानी सडक खण्डको स्तोरान्नतिबारे संसदमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

२१ चैत, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधले बाह्रबिसे तातोपानी सडक खण्डको स्तोरान्नतिबारे संसदमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सापकोटाले अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी खण्डको जिर्ण सडक स्तरोन्नतिका लागि नेपालका प्रधानमन्त्री र चिनियाँ समकक्षी बिच गत असोजमा चीनमा भएको सहमती कार्यान्वयन बारे पनि सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।
उनले संसदमा भने ‘अरनिको राजमार्ग अन्तरगत जुरेपहिरोदेखि तातोपानी लिपिङसम्मको यात्रा ज्यादै कष्टकर छ, बर्षातमा त यो झनै भयावह र जटिल हुने निश्चित छ ।’ सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजको पहिलो सता भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी लि छ्याङसँग वार्ता पछि जारी संयुक्त वक्तव्यमा ‘नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौंथो चरणको काम सुरु गर्न चिनियाँ पक्ष तयार भएको’ उल्लेख विषय कहाँ पुग्यो भनि प्रश्न समेत गरे । यो काम अझै सुरु हुन नसकेको प्रति असन्तुष्टि जारी गर्दै उनले यसबारे सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएका हुन् ।
सम्बोधनका क्रममा सांसद सापकोटाले सरकारले किसानलाई दुधको बक्यौता रकम वितरण सुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै मंसिर यताको बाँकि रकम पति यथासक्य छिटो भुक्तानी गर्न माग गरेका छन् ।

प्रतिक्रिया