कोरीयालीसहित दश जनाले जुगल आरोहण गर्दै, तयारी पूरा

संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहणको तयारी पुरा भएको छ । पहिलोपटक विदेशी पर्यटकसहितको आरोहण टोली लिएर तीन नेपाली जुगल हिमाल आरोहण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

२३ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहणको तयारी पुरा भएको छ । पहिलोपटक विदेशी पर्यटकसहितको आरोहण टोली लिएर तीन नेपाली जुगल हिमाल आरोहण गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए । नेपाल र दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर जुगल हिमाल आरोहणको चाँजोपाँजो मिलाइएको हो । चैत २५ गते आइतबार ७ कोरियाली नागरिक र ३ नेपालीसहितको टोलीलाई जुगलले स्वागत गर्ने र तेम्बाथान हुँदै हिमाल आरोहणका लागि टोली प्रस्थान गर्ने गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए ।


आरोहण दलका सदस्यहरुलाई चैत २४ गते शनिबार काठमडौंबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरिया र नेपालको झन्डासहित बिदाई गर्ने कार्यक्रम रहेको आरोही समेत रहेका पर्यटन अभिन्ता मिलनङले जानकारी दिए । आरोहण दलका सदस्यहरु काठमाडौंबाट अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे तेम्बाथाङ सडकबाट जुगलको ढाँडे पुग्ने छन् । त्यहाँ जुगल गाउँपालिकाले आरोहीहरुलाई भव्य स्वागत गर्ने कार्यतालिका रहेको पालिकाले जनाएको छ । कोरियाली आरोहण दलका सदस्यहरु शुक्रबार काठमाडौं आइपुग्ने कार्यतालिका छ । आरोहण दलले जुगल हिमसृङखलामा रहेको ६५९१ मिटरको ‘जुगल– १’ र ६५१८ मिटरको ‘जुगल -२’ नामका चुचुराको आरोहण गर्ने अभियन्ता तामाङले जानकारी दिए । चैत ८ गते बसेको मन्त्रि परिषद बैठकले दुबै हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरिसकेको छ । हिमाल आरोहण बारे आज दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी विसतृत जानकारी दिइने तामाङले बताए ।
जुगलका अध्यक्ष स्याङ्बोले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने जुगल हिमाल आरोहणका लागि अन्तर्राष्ट्रिय पर्यटक भित्राउन पाउँदा खुसी लागेको बताउँदै यसबाट गाउँपालिका, जिल्लाको मात्र नभै सिंगो देशको पर्यटन प्रबर्द्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


ठिक पाँच बर्ष अघि २०७५ चैत २६ गते जुगल हिमाल सफल आरोहण भएको थियो । आरोहीहरु माया गुरुङ, मिलन तामाङलगायतका आरोहिले सफलतापूर्वक आरोहण गरेपछि जुगलबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा चर्चा भएको थियो । पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, वर्तमान सांसद माधव सापकोटा, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, एमाले नेता अरुण नेपाल, सुवास कर्माचार्य, तत्कालीन जुगल अध्यक्ष होमनारायण श्रेष्ठलगायतको सक्रियतामा जुगल हिमाल आरोहण खुल्ला गरिएको थियो । नेताद्वय माधव सापकोटा र सुवास कर्माचार्यले आरोहीहरुलाई हिमालमै पुगेर हौसला प्रदा गरेका थिए । काठमाडौंबाट सबैभन्दा नजिकमा देखिने हिम चुचुरा नै जुगल हिमालका चुचुरा हुन् ।

प्रतिक्रिया