प्रधानमन्त्रीेले हस्तान्तरण गरेको झण्डा बोकेर जुगल पुग्दै आरोहण टोली

नेपाल र दक्षिण कोरीयाका आरोहण टोली जुगल हिमाल चढ्न जुगल गाउँपालिका पुग्दै छ ।

२५ चैत, काठमाडौं । नेपाल र दक्षिण कोरीयाका आरोहण टोली जुगल हिमाल चढ्न जुगल गाउँपालिका पुग्दै छ । यस अघि शनिबार आरोहण टोलीलाई प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाल र दक्षिण कोरियाको राष्ट्रिय झण्डा हस्तान्तरण गरे । उनले नेपाली ढाका टोपी र सयपत्रीको माला लगाईदिएर आरोहण सफलताको शुभकामना दिएका थिए । प्रधानमन्त्रीबाट हस्तान्तरित झण्डा बोकेर आरोहण टोली जुगलको चुचुरोतर्फ जाने छ ।
सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध र बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडलले सहजिकरण गरेर आरोहण टोलीलाई बालुवाटार लगेको थियो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क यथेङ्, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो, आरोहण दलका सदस्यहरु, पर्यटन विभागको महानिर्देशक लगायत अधिकारी शुभकामना कार्यक्रममा सहभागी थिए । आरोहण दलले जुगल हिमश्रृङखलामा रहेको ६५९१ मिटरको ‘जुगल– १’ र ६५१८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने छ ।

प्रतिक्रिया