कुविण्डे खोलामा पुल बनेपछि चौताराको दुर्गम बस्तीमा सहजता, फोटो फिचर

जिल्लाको चौतारा साँगाचोकगढी नरपालिका वडा न ३ स्थित कुविण्डे खोलामा पक्कि पुल बनेपछि स्थानीय खुसी भएका छन् । नगरप्रमुख कृष्ण प्रसाद सापकोटाको विशेष पहलमा बनेको पुल सञ्चालनमा आएको हो ।

३० चैत, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ स्थित कुविण्डे खोलामा पक्कि पुल बनेपछि स्थानीय खुसी भएका छन् । नगरप्रमुख कृष्ण प्रसाद सापकोटाको विशेष पहलमा बनेको पुल सञ्चालनमा आएको हो । ११ महिनामा पुलको काम पूरा भएर सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।

कार्यान्वयनमा आयो सापकोटाको पहिलो निर्णय

चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा

नगर प्रमुखमा निर्वाचित भएपछि सापकोटाले दुर्गम बस्तीमा जान स्थानीयले बेहोर्नु परेको पीडाको सम्बोधन गर्न कुविण्डे खोलामा पुल निर्माण गर्ने निर्णय गरेका थिए । नगरमा गरेको निर्णय लिएर मेयर सापकोटा बागमती प्रदेको राजधानी हेटौंडा पुगे । उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पुलको आवश्यकताबारे जानकारी गराउँदै बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए ।

पुल बन्नु अघिको अवस्था

प्रदेश सरकारले चौतारका नगरप्रमुखको माग सम्बोधन गर्दै बजेट विनियोज गरेको थियो । पुल निर्माण सम्पन्न भएपछि मेयर सापकोटाले खुसी व्यक्त गर्दै प्रदेश सरकारालाई धन्यवाद दिए । उनले भने ‘प्रदेशबाट बजेट नआएको भएपनि नगरको बजेटबाट पुल बनाउने तयारीका साथ निर्णय गरिएको थियो, प्रदेशले नै बजेट छुट्याएपछि सजिलो भयो ।’ बर्षातका बेला कुविण्डे खोलाबाट आवत जावत गर्न कठिन भएपछि पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कार्य अघि बढाएका थिए । नगरप्रमुखमा कृष्ण प्रसाद सापकोटा निर्वाचित भएपछि माथिल्लो भेगका बस्तीका लागि सहजता प्रदान गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर पुलको काम अघि बढाएका थिए ।

पुल बनेपछिको कुविण्डे खोला क्षेत्र

प्रक्रिया पुरा भएर ११ महिना मै बनेको पुल
निर्माण कम्पनीले ठेक्का लिएपछि बर्षौ काम नबनेर हैरान बेहोर्नु परेको अवस्थामा पुल बन्नेबारे धेरैको चासो थियो । सिन्धुपाल्चोकका धेरै पुल आधा बनेर वा सुरु भएर बर्षौ अलपत्र परेको यथार्थका कारण नगरप्रमुख सापकोटा चिन्तित थिए । नगरका प्राविधक, स्थानीयको सहयोग र निर्माण पक्षको प्रतिवद्धताका कारण पुल निर्माणको सम्पूर्ण काम ११ महिना मै बन्न सफल भएको हो । प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि पुल निर्माणको काम सकिएको छ ।

पुल बनेपछि : तस्बिरहरु श्रीधर न्यौपाने

विकट आवत जावत गर्न वरदान

कुविण्डे खोलामा निर्मित पुल विकटमा बाह्रै महिना ओहोर दोहोर गर्न बरदान सावित भएको छ । नगरका अन्य वडामा पक्कि बाटो र पुल निर्माण भएपनि सो स्थानमा बर्षात र बर्षात पछिका महिनामा निकै कठिन थियो । यो पुल बनेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ र ३ का १९ सय घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि नगरपालकाको कार्यालय र जिल्ला सदरमुकाम आउजाउ गर्न सजिलो भएको स्थानीय मंगले तामाङले बताए । बागमती प्रदेश भौतिक मन्त्रालय , जिल्ला पुर्वधार कार्यालयबाट आर्थिक बर्ष २०७९ /८० र २०८० /८१ मा बहुबर्षे ठेक्का गर्दै कुविण्डे खोला ९भालुवन किटिने० पक्की पुल निर्माण सम्पन्न भएको हो।वर्षातमा बाईक वा गाडि तार्न हम्मे पर्ने, मानिसलाई पनि ओहोर दोहोर गर्न गाह्रो हुने भएपछि पुल निर्माणले प्राथमिकता पाएको हो ।

प्रतिक्रिया