स्कुल जाने झोला

मेरो किताब उसले बोक्छ
म चैं उसलाई बोक्छु
जब कक्षा कोठा पुग्छु
टेबुलमा राख्छु


जिपर खोल्छु
किताब झिक्छु
खाजा पनि झिक्छु
कक्षा कार्य सकेपछि
सबै कुरा राख्छु


म सँग सँगै हुने
यो चिज के होला ?
सजिलो छ यसको नाम
‘स्कुल जाने झोला’

प्रतिक्रिया