आधार शिवीरमा पुगेर जुगल आरोहणको शुभकामना, फोटो फिचर

शुक्रबार विहान जुगल हिमाल रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध र बागमती प्रदेश सभा सदस्यद्वय सरल सहयात्रीले बेसक्याम्पमा पुगेर आरोहीलाई शुभकामना दिएका हुन् ।

७ बैशाख, काठमाडौं । नेपाल र कोरियाका हिमाल आरोहीहरुको समूहलाई जुगल हिमालको बेसक्याम्पमै पुगेर शुभकामना दिइएको छ । शुक्रबार विहान जुगल हिमाल रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध र बागमती प्रदेश सभा सदस्यद्वय सरल सहयात्रीले बेसक्याम्पमा पुगेर आरोहीलाई शुभकामना दिएका हुन् । “हामीले आरोहणदललाई बेसक्याम्पमै पुगेर सफलताको शुभकामना दियौं ।” सापकोटाले भने ।

जुगल हिमशृङ्खला अन्तरगतका दुई हिमालको पहिलो पटक आरोहण गर्न लागिएको हो । आरोहण दलले जुगल हिमशृङ्खलामा रहेका ६ हजार ५ सय ९१ मिटरको ‘जुगल– १’ र ६ हजार ५ सय १८ मिटरको ‘जुगल २’ नामका चुचुराको आरोहण गर्ने छन् ।नेपाल र दक्षिण कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर पारेर गत चैत २६ गते तीन नेपाली र ७ कोरियाली हिमाल आरोही जुगल हिमाल आरोहण गर्न सिन्धुपाल्चोक प्रस्थान गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सांसदद्धय सापकोटा, पौडेल र अमृता नेपाल लगायतले आरोहणदललाई काठमाडौंबाट सफलताको शुभकामना सहित विदाई गरेका थिए ।
आरोहण टोली संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल आरोहणका लागि काठमाडौंबाट सिन्धुपाल्चोकको अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे, गुम्बा, तेम्बाथान हुँदै जुगलको आधार शिवीर पुगेको थियो । यस अघि २०७५ चैत १५ गते गएको एक आरोहण दलले चैत २६ गते जुगल हिमशृङ्खला अन्तरतगतको ग्याल्चेन पिकको सफल आरोहण गरेको थियो ।

प्रतिक्रिया