मुख्यमन्त्री जम्कट्टेलद्धारा कुविण्डे खोलामा नवनिर्मित मोटरेवल पुल उद्घाटन ; फोटो फिचर

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ स्थित कुविण्डे खोलामा नवनिर्मित मोटरेवल पुलको आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् ।

१० बैशाख, सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ स्थित कुविण्डे खोलामा नवनिर्मित मोटरेवल पुलको आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् ।

पुल उद्घाटनसँगै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कटेल, प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सदस्य अमृता नेपाल ‘प्रभा’, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर सापकोटा, उपमेयस सीता थापालगायतको उपस्थितिमा कुबिण्डे खोला पुल उद्धाटन भएको हो ।

नगर प्रमुखमा निर्वाचित भएपछि सापकोटाले दुर्गम बस्तीमा जान स्थानीयले बेहोर्नु परेको पीडाको सम्बोधन गर्न कुविण्डे खोलामा पुल निर्माण गर्ने निर्णय गरेका थिए । उनको निर्णय र मागको सम्बोधन गर्दै बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि मेयर सापकोटाले खुसी व्यक्त गर्दै प्रदेश सरकारलाई धन्यवाद दिए ।

कुविण्डे खोलामा निर्मित यस पुल बाह्रै महिना ओहोर दोहोर गर्न सकिने भएको छ । नगरका अन्य वडामा पक्कि बाटो र पुल निर्माण भएपनि सो स्थानमा वर्षात र वर्षात पछिका महिनामा निकै कठिन थियो । यो पुल बनेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ र ३ का १९ सय घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि नगरपालिकाको कार्यालय र जिल्ला सदरमुकाम आउजाउ गर्न सजिलो भएको छ । बागमती प्रदेश भौतिक मन्त्रालय , जिल्ला पुर्वधार कार्यालयबाट आर्थिक बर्ष २०७९ / ८० र २०८० / ८१ मा बहुवर्षे ठेक्का गर्दै कुविण्डे खोला (भालुवन किटिने) पक्की पुल निर्माण सम्पन्न भएको हो । वर्षातमा बाईक वा गाडि तार्न हम्मे पर्ने, मानिसलाई पनि ओहोर दोहोर गर्न गाह्रो हुने भएपछि पुल निर्माणले प्राथमिकता पाएको हो ।

प्रतिक्रिया