पत्रकार महासंघ सिन्धुपाल्चोकको २९ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको २९ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ ।

१४ वैशाख, चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको २९ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम रहेको चौतारामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य माधव सापकोटाले उद्घाटन गरे ।

जिल्ला शाखाका अध्यक्ष जीवन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, चौतारा नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गङगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, इन्दावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, बागमती प्रदेशका प्रेस रजिस्ट्रार रेवती सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा चौतारा नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, समाजसेवी दिनेश थापालगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया