सांसद नेपालद्वारा महिला सामुदायीक भवनको शिलान्यास

जिल्लाको बलेफी गाउँपालिकाको वडा नं ४ स्थित बिन्जेलमा महिला सामुदायीक भवनको शिलान्यास गरिएको छ ।

१७ वैशाख, सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिकाको वडा नं ४ स्थित बिन्जेलमा महिला सामुदायीक भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाले एक समारोहकाबीच आज भवनको शिलान्यास गरेकी हुन् । कार्यक्रमको प्रमुख अतिथि उनले बिन्जेलमा निर्माण हुनलागेको समाज सुधार महिला सामुदायिक भवनको शिलान्यास पछि आयोजित कार्यक्रममा भवन बहुउपयोगी हुने विश्वास व्यक्त गरिन् । बागमती प्रदेशको क्रमागत योजनाको रुपमा सम्पन्न हुने उक्त सामुदायिक भवन निर्माणका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट बीस लाख बजेट विनियोजन भएको छ । क्रमागत रुपमा भौतिक मन्त्रालयले भवन निर्माण सम्पन्न गर्ने छ ।

भवनमा हल सहित ७ कोठा हुने भवन डिभिजन कार्यालयले जनाएको छ । भवन महिलाहरुका लागि सिपमुलक तालिमहरु प्रदान गर्न तथा अन्य प्रयोगनका लागि उपयोगी हुने स्थानीय नारायण पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया