बागमती प्रदेश, जनसाँस्कृतिक महासंघको अध्यक्षमा दोङ 

बागमती प्रदेशको जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा बिश्व दोङ चयन भएका छन् । सोमबार काठमाडौंको पेरिसडाँडामा सम्पन्न सम्मेलनले दोङको नेतृत्वमा ५१ सदस्यीय समिति गठन गरेको हो ।

१८ बैशाख, काठमाडौं । बागमती प्रदेशको जनसाँस्कृतिक महासंघ नेपालको अध्यक्षमा बिश्व दोङ चयन भएका छन् । सोमबार काठमाडौंको पेरिसडाँडामा सम्पन्न सम्मेलनले दोङको नेतृत्वमा ५१ सदस्यीय समिति गठन गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी पार्टीका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जनसाँस्कृतिक महासंघमा संस्कृति प्रेमीहरुको योगदानको चर्चा गर्दै नवनिर्वाचित समितिलाई शुभकामना दिए । सम्मेलनले उपाध्यक्षमा पुजा श्रेष्ठ र चम्पा लामा, सचिवमा काजीमान थिङ, सहसचिवमा शुसिला खड्का र मनोज बल, कोषाध्यक्षमा कमला दोङ र ४२ जना सदस्य चुनेको छ । 

कार्यक्रममा प्रमुख अतिथि सापकोटासहित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, महासंघ बागमती अध्यक्ष विमला के सी, महासंघका सदस्यहरु तथा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया