बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई उच्च अदालतको सफाई

क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपलाई उच्च अदालत, पाटनले सफाई दिएको हो । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गर्यो ।
जिल्ला अदालत काठमाडौंले २०८० पुस १३ मा उनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

प्रतिक्रिया