अखिल क्रान्तिकारी सिन्धु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा पहरी

नेकपा (माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सिन्धु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा आत्मराम पहरी चयन भएका छन् ।

४ जेठ, काठमाडौं । नेकपा (माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सिन्धु-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा आत्मराम पहरी चयन भएका छन् । शुक्रबार बानेश्वर बहुमुखी क्याम्पसमा भएको चौथो सम्मेलनले पहरी को नेतृत्वमा ५१ सदस्यीय समिति चुनेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सुशन माझी, ललिता पौडेल, छिरिङ तामाङ, सचिवमा ललिता गजमेर, सहसचिवमा रितेश दनुवार, सहदेव सेन्चुरी, सिम्रिका श्रेष्ठ तथा कोषाध्यक्षमा अर्जुन तामाङ सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेकपा माओवादीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले गरे ।

उनले सम्पर्क समितीलाई प्रभावकारी बनाउन काठमाडौं भित्र रहेका सिन्धुपाल्चोकका विद्यार्थीहरुसँग समन्वय गर्दै अगाडी बढ्नुपर्ने बताए । विद्यार्थीलाई मार्गनिर्देशन गर्न, विद्यार्थी हित र व्यवस्थित शैक्षिक संस्था निर्माण तथा सुशासन कायम गराउन खबरदारी गर्न नवनिर्वाचित समितिले भुमिका खेल्ने विश्वास उनको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय समिति उपाध्यक्ष पवन कार्की, माओवादी केन्द्र सिन्धु काठमाडौं सम्पर्क समिति अध्यक्ष जयराम आचार्य, अखिल क्रान्तिकारी केन्द्रिय सदस्यहरु, अखिल क्रान्तिकारी सिन्धुपाल्चोक जिल्ला पदाधिकारी लगायत विद्यार्थीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया