लिसंखु पाखर गाउँपालिकामा निःशुल्क दन्त शिविर हुने

लिसंखु पाखर गाउँपालिका वडा नं ४ अत्तरपुर स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर हुने भएको छ ।

४ जेठ, सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका वडा नं ४ अत्तरपुर स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर हुने भएको छ । सगरमाथा हेल्थ फाउण्डेशन नेपाल र हेल्थ कियर नेपालको संयुक्त आयोजनामा आगामी जेष्ठ ५,६ र ७ गते निःशुल्क दन्त शिविर हुने लिसंखुपाखर गाउँपालिकाले जनाएको छ ।
दन्त शिविरमा लिसंखुपाखर गाउँपालिकाका ७ वटै वडाका साथै यातायात पायक पर्ने क्षेत्रका दाँत रोगीहरुले निःशुल्क स्वास्थ्यसेवा लिन सक्नेछन् । साथी फाउन्डेशन नेपाल तथा सिद्धार्थ युवा क्लबको सहयोगमा र सुनकोशी इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजकत्वमा शिविर सञ्चालन हुन स्थानीय आयोजक लिसंखु पाखर गाउँपालिकाले जनाएको छ । दाँतको समस्या भएका नमगरिकलाई शिविरमा सहभागी भएर अवसरको फाइदा लिन गाउँपालिका अध्यक्ष राजु लामाले आग्रह गरेका छन् ।
शिविरमा दाँतसम्बन्धि सेवा, निःशुल्क औषधि वितरण, दन्त रोग र यसको स्याहारसम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि हुने छ ।

प्रतिक्रिया