प्रधानमन्त्रीले पाए चौथोपटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् ।

७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत पाएका हुन् ।
विश्वासको मत प्रक्रियामा १ सय ५८ सांसद सहमागी थिए । जसमध्ये प्रधानमन्त्री प्रचण्डले १ सय ५७ मत प्राप्त गरे । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन । यसअघि तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहितका अन्य विपक्षी दलहरू मतदान कार्यमा सहभागी भएनन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लाकतान्त्रिक समाजवादी पार्टी, जसपा नेपाल लगायतका दलको नाराबाजीबीच उनले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया