बागमती प्रदेशकै उत्कृष्ट पत्रकार महासंघ शाखामा सिन्धुपाल्चोक

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक बागमती प्रदेशकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।

७ जेठ, सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक बागमती प्रदेशकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । आइतबार नुवाकोटको बिदुरमा आयोजित महासंघको बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा सिन्धुपाल्चोक शाखाले सम्मान पाएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले शाखा अध्यक्ष जीवन श्रेष्ठलाई सम्मानस्वरुप सम्मान पत्र प्रदान गरेका हुन् । २०७७ साल चैत्र २६ गतेबाट श्रेष्ठले नेतृत्व सम्हालेदेखि महासंघले सञ्चार प्रवर्द्धन, पत्रकार प्रोत्साहन, सञ्चारकर्मीहरुको समय सापेक्ष क्षमता र सीप विकासका लागि तालिम, विपदमा राहत, उपचारका साथै प्रोत्साहनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया