संसदको ओज र गरिमा खस्कँदै गएको छ: पूर्वसभामुख सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन् ।

जेठ १२, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओज खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागममी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनल संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन र मर्यादाहीन भएको बताए ।

संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भएपनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको सापकोटाले बताए ।

‘संसद कुनैपनि देशको लोकतन्त्रको आत्मा हो, सुशासनको राम्रो महत्वपूर्ण संवाहक हो । तर त्यहाँ आज राम्रोसँग गतिविधि अघि बढेका छैनन् । उनले भने, ‘ओज र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओज र गरिमा नभई आफ्नो साख गिराउँदैछ ।’
उपाध्यक्ष सापकोटाले देश अहिले छटपटि, उकुसमुकुस वातावरणमा रहेको बताए ।

प्रतिक्रिया