बोनम्यारो क्यान्सर उपचारका लागि कवि नवराज न्यौपानेको कविता संग्रह विमोचन हुँदै

वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ ।

१८ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाडौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो ।
ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोईट आईडल’मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्
क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र उनले अस्पतालकै सैयामा लेखेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन कार्यक्रमको प्रमुख अतिथि वाग्मती प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र विशेष अतिथि सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीना रहने छन् ।
शान ब्याङ्केट, खहरेचोक (पेप्सीकोला) मा जेठ–१९ गते शनिवार, दिनको ४ वजे सिन्धुपाल्चोक सुनकोशी ३ का ‘क्यान्सर फाईटर’कवि न्यौपानेको उपचार खर्च सहयोगार्थ हुन लागेको यस कविता संग्रह बिमोचन कार्यक्रममा उपस्थित हुन सम्पूर्ण साहित्य प्रेमी सहयोगी मनहरुलाई कविले अनुरोध गरेका छन् ।

प्रतिक्रिया