नेपालको ‘आमालाई चिठी’ उपन्यास सार्वजनिक

प्रगतिवादी साहित्यकार केशव नेपालद्वारा लिखित 'आमालाई चिठी' उपन्यास सार्वजनिक भएको छ ।

१९ जेठ, काठमाडौं । प्रगतिवादी साहित्यकार केशव नेपालद्वारा लिखित आमालाई चिठी उपन्यास सार्वजनिक भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका स्थायी बासिन्दा, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय नेता नेपालको उपन्यास आमालाई चिठीको विहिबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकार्पण गरेका हुन् । जनसाँस्कृतिक महासंघ,नेपालको आठौं राष्ट्रिय सम्मेलनका क्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले प्रज्ञाप्रतिष्ठानको सिद्विचरण हलमा पुस्तक लोकार्पण गरेका थिए ।
नेपाली राजनीति र प्रगतिशील साहित्यमा सक्रिय केशव नेपालको यस अघि प्रकाशित बेचिएकी चेली चर्चीत छ ।

प्रतिक्रिया