जेठ ३१ देखि मेलम्चीको पानी काठमाडौं लान बन्द गरिने

मनसुन सुरु भएसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । यहि जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने भएको हो ।

२९ जेठ, सिन्धुपाल्चोक । मनसुन सुरु भएसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । यहि जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने भएको हो । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पठाउने काम (पथान्तरण) रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिएका छन् । उनले आफूहरू खोलाको पानीको ‘क्लोज मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठूलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने जानकारी दिए ।
२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमाथाङबाट लेदोसहितको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण गर्ने मुख्य संरचनालाई विगारीदिएको थियो । सो स्थानको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो ।
सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ कोे नीति तथा कार्यक्रम वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया