बजेट विनियोजनमा विधिको प्रयोग गरौं : सापकोटा

सांसद माधव सापकोटा 'सुबोध'ले बजेट विनियोजन र कार्यान्वयनका लागि विधिको प्रयोग हुनु पर्नेमा जोड दिएका छन् ।

४ असार, काठमाडौं । सांसद माधव सापकोटा ‘सुबोध’ले बजेट विनियोजन र कार्यान्वयनका लागि विधिको प्रयोग हुनु पर्नेमा जोड दिएका छन् । मंगलबार संसदमा विनियोजन विधेयक, २०८१ को गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय विभिन्न शीर्षकहरुमाथि छलफलमा भागलिंदै सांसद सापकोटाले सो धारणा राखेका हुन् ।

उनले विवेकले मात्रै न्याय नहुने भन्दै विधिबाट सत्ताको अभ्यास भएका स्थानमा न्याय भएको बताए । सांसद सापकोटाले नेपालमा विधि भन्दा विवेक हावी हुनु डरलाग्दो भएको भन्दै सजक समेत गराए । उनले मन्त्रीहरु दिने जस्तो र सांसदहरु माग्नेजस्तो बनेकोतर्फ चिन्ता व्यक्त गर्दै संघीय संसदलाई विधायिकी भूमिका मै केन्द्रीत गर्नु पर्ने बताए । अहिलेको बजेटले सांसदलाई गनगन गर्ने र माग्ने जस्तो बनाइदिएको उनको धारणा थियो । बजेट कार्यान्वयनका लागि क्यालेण्डर आवश्यक रहेकोमा सापकोटाले जोड दिए । उनले जनयुद्धकै कारण परिवर्तन सम्भव भएको नविर्सन आग्रह गर्दै जनयुद्ध, जनआन्दोन लगायतका आन्दोलनमा योगदानगर्नेलाई सम्मान गर्नुपर्नेमा बताए ।

प्रतिक्रिया