संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ: पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन् ।

५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन् । बुधबार काठमाडौंमा सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले संस्कृति समाज जागरणको शसक्त माध्यम भएको भन्दै सांस्कृतिक रूपान्तरणसंगै समाज जागरणका लागि सांस्कृतिक संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटन लक्षित कार्यक्रम उत्पादनतर्फ संस्थानले विशेष ध्यानकेन्द्रित गरी राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव छ भन्ने कुरा प्रमाणित गर्दै आएको बताउंदै उनले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र उत्पादनलाई विशेष जोड दिई रोजगार सहितको आर्थिक समृद्धिको मार्ग निर्माणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्द्धन, प्रबर्द्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमकिताका साथ कार्यान्वयलाई जोड दिएको उनको भनाई छ ।

प्रतिक्रिया