दुध किसानका समस्याको दिगो समाधान गर : सांसद सापकोटा

सांसद माधव सापकोटा 'सुबोध'ले दुध किसानका समस्याको दिगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

५ असार, काठमाडौं । सांसद माधव सापकोटा ‘सुबोध’ले दुध किसानका समस्याको दिगो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा धारणा राख्दै सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटाले दुध बेचेको पैसा नपाउँदा तल्लो तहका किसानलाई ठूलो बज्रपात भएको बताए । उनलने भने ‘गाउँका किसानलाई स्वरोजगार र आत्मनिर्भर बनाउने पेशा भनेको दुग्धजन्य पदार्थहरुको व्यवसाय हो, म निर्वाचित भएको सिन्धुपाल्चोका सहकारीहरुको ३ करोडसम्मको बक्यौता भएको भेटियो । साधारण किसानको ६ महिना यताको ५० हजार देखि ८ लाख सम्मको बक्यौता बाँकी छ । यसबाट सबैभन्दा तल्तो तहको किसानलाई ठूलो बज्रपात भएको छ ।’

सांसद सापकोटाले दुधको पैसा नपाउँदा किसानलाई दैनिक जीवन निर्वाह गर्न कठिन भएको सुनाए । उलने लामो समयसम्म दुधको पैसा नपाउँदा किसानलाई ढुटो पीठो किन्न, घरखर्च, स्वास्थ्योपचार र सन्तानको शिक्षा, दीक्षाका लागि खर्च अभाब भएको तर्फ ध्यानकर्षण गराएका हुन् । यसबाट किसानहरुलाई आत्मनिर्भर भइराखेको पेसाप्रति वितृस्णा पैदा हुने र यसबाट पलायन हुने गम्भीर खतरा देखा परेको उलने बताए । ‘मंसिर र फागुनमा किसानसँग सहमती भयो तर त्यसको कार्यान्वयन भएन । त्यसैले दुध किसानका समस्याहरुको दिगो समाधानका लागि गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँछु’ उनले संसदमा भने ।


सम्बोधनको पूर्ण पाठ
‘सम्माननीय सभामुख महोदय, गाउँका किसानलाई स्वरोजगार र आत्मनिर्भर बनाउने पेशा भनेको दुग्धजन्य पदार्थहरुको व्यवसाय हो । म निर्वाचित भएको सिन्धुपाल्चोका सहकारीहरुको ३ करोडसम्मको बक्यौता भएको भेटियो । साधारण किसानको ६ महिना यताको ५० हजार देखि ८ लाख सम्मको बक्यौता बाँकी छ । यसबाट सबैभन्दा तल्तो तहको किसानलाई ठूलो बज्रपात भएको छ । सहरको पैसा गाउँ लैजाने भरपर्दो माध्यम भनेको दुध व्यवसाय हो, अरु व्यवसायले गाउँका पैसा सहरमा खिच्छ । दुधको पैसा नआएपछि ढुटो पीठो बेचेको, किनेको, घरखर्च गर्न, स्वास्थ्योपचार र सन्तानको शिक्षा, दीक्षाका लागि भएका खर्चहरुको अभाब भएको छ । यसबाट किसानहरुलाई आत्मनिर्भर भइराखेको पेसाप्रति वितृस्णा पैदा हुने र यसबाट पलायन हुने गम्भीर खतरा देखा परेको छ । मंसिर र फागुनमा किसानसँग सहमती भयो तर त्यसको कार्यान्वयन भएन । त्यसैले दुध किसानका समस्याहरुको दिगो समाधानका लागि गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँछु । धन्यवाद । लाल सलाम ।’

प्रतिक्रिया