नयाँ भवनमा बलेफी गाउँपालिकाको पन्ध्रौँ गाउँसभा (फोटो फिचर)

बलेफी गाउँपालिका आफ्नो पन्ध्रौँ गाउँसभा नयाँ भवन सम्पन्न गरेको छ ।

९ असार, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका आफ्नो पन्ध्रौँ गाउँसभा नयाँ भवन सम्पन्न गरेको छ ।

गाउँपालिकाले आफ्नो नयाँ प्रशाकीय भवन पालिकाको बलेफी बजारबाट माथि बगाले गाउँमा निर्माण गरेको छ । कार्यालय सर्न बाँकी रहेपनि नयाँ भवनको पहिलो तल्लामा रहेको हलमा गाउँ सभा भएको हो । यस अघि खाडीचौरस्थित तालिमकेन्द्रमा नगरसभा गर्दै आएको पालिकाले यसपटक आफ्नै नयाँ भवनको हलमा गरेको हो । यस पटक आफ्नै नयाँ भवनमा गाउँ सभा भएकोमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ प्रवेशले खुसी व्यक्त गरे । ‘हामी आफ्नै भवनमा कार्यक्रम गर्न सफल भयौं, बाटो स्तोरोन्नति गरेर गाउँपालिकाको काम पनि नयाँ भवनबाटै गर्ने तयारीाम छौं’ उनले भने ।
गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले आगामी आर्थिक बर्ष २०८१ /८२ का लागि ५४ करोड हाराहारीको बजेट प्रस्तुत गरिन् ।

प्रतिक्रिया