संसदबाट सापकोटाले गरे सिन्धुपाल्चोक भ्रमणको निमन्त्रणा

सांसद माधव सापकोटा 'सुबोध'ले गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि संसदबाट सबैलाई निमन्त्रणा गरेका छन् ।

११ असार, काठमाडौं  । सांसद माधव सापकोटा ‘सुबोध’ले गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि संसदबाट निमन्त्रणा गरेका छन् ।

संसदमा आफूले प्राय गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति, पीडा र अप्ठेरोबारे बोलेको स्मरण गर्दै उनले सिन्धुपाल्चोकबारे चर्चा गरे । मंगलबार संसदको शून्य समयमा धारणा राख्दै उनले जुगल हिमालदेखि मुडेको आलुसम्मको चर्चा गरेका हुन् । सांसद सापकोटाले भने ‘सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो,  मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ ।’

लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएका उनले दुध उत्पादमा चर्चीत बिन्जेल, कुविण्डे र भोटेचौरबारे पनि बताएका थिए । जुगल हिमालको काखमा रहेको नेपेमासाल, चर्चीत मन्दिर गौरती, नेपाल तिब्बत युद्धताका तयार दुगुनागढी, लिस्ति, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धाराको चर्चा गर्दै उनले जिल्ला भ्रमणका लागि आव्हान गरेका हुन् ।

सापकोटाले भने ‘कुविण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरु छन् । मेलम्चीले काठमाडौलाई पानी पिलाएको छ । डेढदर्जन जलविद्युत आयोजनाहरु छन् । मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ ।’ सांसद सापकोटाले सिन्धुपाल्चोक समस्याहरुसँज जुध्दै विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै गृहजिल्लामा निमन्त्रणा गरेका हुन् । उनी सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सम्बोधनको पूर्ण पाठ

‘सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो, मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ । लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरु, बिन्जेल, कुविण्डे र भोटेचौरहरु दुध उत्पादनमा चर्चीत छन् । नेपेमासाल, गौरती, दुगुनागढी, लिस्ति, त्रिपुरासुन्दरी, पाल्चोक, तातोपानी धारालगायत धार्मिक र ऐतिहासिक स्थलहरु पनि यहिँ छन् । कुविण्डे, पिस्कर र भोटेनाम्लाङजस्ता राजनीतिक पहिचान बोकेका गाउँहरु छन् । मेलम्चीले काठमाडौलाई पानी पिलाएको छ । डेढदर्जन जलविद्युत आयोजनाहरु छन् । मितेरी पुलसहित चीनको उत्तरी व्यापारिक तातोपानी नाका छ । समस्याहरुसँज जुध्दै विकास र समृद्धिको मार्गमा सिन्धुपाल्चोक अगाडि बढिरहेको छ, म सम्मानीत संसदबाट सिन्धुपाल्चोक भ्रमणका निमित्त सबैलाई हार्दिक निमन्त्रणा गर्दछु । धन्यवाद,  लाल सलाम । ‘ 

प्रतिक्रिया