सत्ता गठबन्धनमा असमझदारीका हल्ला सत्यता छैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्लामा सत्यता नभएको बताएकी छन्।

१७ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्ता गठबन्धनमा असमझदारीका हल्लामा सत्यता नभएको बताएकी छन्। मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट गरेको जानकारी दिएकी हुन् ।
मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीबाट ब्रिफिङ भएको र बाहिर चर्चामा आएका विषय मिडिया ट्रायलका रूपमा आइरहेको बताईन् । “गठबन्धनका दलबिच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन् “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।” मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकारात्मक रहेको बताईन्

प्रतिक्रिया