सत्ता गठबन्धन परिवर्तनको चर्चाबिच दलहरु आन्तरिक छलफलमा

वर्तमान सत्ता गठबन्धन परिवर्तन हुनेगरि संसदको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेकाबिचमा सहमती भएको चर्चाकाबिच दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

१८ असार, काठमाडौं । वर्तमान सत्ता गठबन्धन परिवर्तन हुनेगरि संसदको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेकाबिचमा सहमती भएको चर्चाकाबिच दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा लिएमा विश्वासको मतको सामना गर्ने वा राजिनामा गर्ने भन्ने छलफलका लागि पदाधिकारी बैठक डाकेको माओवादी स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । यसैगरी वर्तमान सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सचिवालय बैठक डाकेको छ । नयाँ परिस्थितिबारे छलफलका लागि बैठक आव्हान गरिएको रास्वापाले जनाएको छ ।
यसैगरि नयाँ गठबन्धनको सहमती गरेका दलहरु नेपाली कांग्रेस र एमाललेले पनि आन्तरिक छलफल थालेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक डाकेका छन् । एमालेसँग भएको सहमतीबारे छफल हुने कांग्रेस नेताहरुले बताएका छन् । यसैगरी संसदको दोस्रो ठूलो दल एमालले पनि दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाएको छ ।
संघीय संसदको प्रतिनिधि सभा सदस्यका लागि २०७९ मंसिर ४ गते भएको निर्वाचन पछि संसदको तेस्रो दल माओवादीले एमाले, कांग्रेस र फेरि एमालेसँग गठबन्धन गरी सरकारको नेतृत्व गरिरहेको छ । कांग्रेस र एमालेको मिलन पछि भने माओवादी सत्ता बाहिर रहने पक्कापक्किजस्तै भएको छ । शनिबार यता देखिने गरी सुरु भएको सत्ता परिवर्तनको कसरतले आज दिनभरीमा मुर्त रुप पाउने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया