पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले मन्त्रीले बुझाए सामूहिक राजिनामा

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

१९ असार, काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासँगै सो पार्टीबाट मन्त्री बनेका आठै जनाले आज साँझ सामूहिक राजिनामा बुझाएका छन् । संसदको ठूलो दल नेपाली कांग्रेससँग नयाँ सत्तगठबन्धनको निर्णयमा पुगेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँलै मन्त्री पनि फिर्ता बोलाएको हो ।
बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा सँगै सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र बुझाएका हुन्।
प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्मा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका आठजना मन्त्री थिए। राजिनामा बुझाएसँगै उनीहरुले सामूहिक तस्बिर खिचेर विदा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया