

२३ असार, काठमाडौं । लगातारको अधिका बर्षाले मध्ये र पश्चिम नेपालाम बाढी, पहिरो र डुवान भएको छ । काठमाडौ उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् ।
यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको मन्त्रालयले जनाएको छ ।शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशभरमध्ये गण्डकी क्षेत्रमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार पाल्पा कुमाल गाउँमा २०२ मिलिमिटर र आसपासका क्षेत्रमा ३०० मिलिमिटर वर्षा भएको छ । लुम्बिनीको दाङमा २७१ मिलिमिटर वर्षा भएको छ । आजदेखि लुम्बिनी र सुदूरपश्चिम भेगमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अविरल वर्षापछिको बाढी तथा पहिरोले सात प्रदेशका प्रमुख राजमार्गसहित ५० भन्दा बढी सडक अवरुद्ध बनेका छन् ।

