खड्गप्रसादको मन्त्रिपरिषद्मा दुई महिला, दलित शून्य

नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । संसदका ठूला नेपाली कांग्रेस र नेकपा एमालेसहित चार दल मिलेर सरकार गठन गर्दा समावेशितालाई भने बेवास्ता गरिएको भन्दै आलोचना भएको छ।

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रीपरिषद विस्तार गरेका छन् । संसदका ठूला नेपाली कांग्रेस र नेकपा एमालेसहित चार दल मिलेर सरकार गठन गर्दा समावेशितालाई भने बेवास्ता गरिएको भन्दै आलोचना भएको छ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित २२ सदस्यीय मन्त्रिमण्डलमा २० जना पुरुष हुँदा महिला २ जना मात्र छन्। दलित शून्य छ । महिलामा कांग्रेसबाट आरजु राणा देउवाले परराष्ट्र र एमालेबाट विद्या भट्टराईले शिक्षा मन्त्रालयको नेतृत्व पाएकी छन्। आरजु सभापति देउवाकी श्रीमती हुन् । उनी समानुपातिक प्रणालीबाट सांसद भएकी हुन्। प्रधानमन्त्रीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीले सपथ लिँदा एकजना पनि दलित परेनन् ।

क्र.सं.नाम थरपदकार्यविभाजन
श्री केपी शर्मा ओलीप्रधानमन्त्री
श्री प्रकाशमान सिंहउपप्रधानमन्त्री सहरी विकास
श्री विष्णुप्रसाद पौडेलउपप्रधानमन्त्रीअर्थ
श्री पृथ्वी सुब्बा गुरुङमन्त्रीसञ्चार तथा सूचना प्रविधि
श्री रमेश लेखकमन्त्रीगृह
श्री शरतसिंह भण्डारीमन्त्रीश्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु राणामन्त्रीपरराष्ट्र
श्री प्रदीप यादवमन्त्रीखानेपानी
श्री बलराम अधिकारीमन्त्रीभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०श्री दामोदर भण्डारीमन्त्रीउद्योग, वाणिज्य तथा आपूर्ति
११श्री नवलकिसोर साह सुडीमन्त्रीमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२श्री देवेन्द्र दाहालमन्त्रीभौतिक पूर्वाधार तथा यातायात
१३श्री तेजुलाल चौधरीमन्त्रीयुवा तथा खेलकुद
१४श्री प्रदीप पौडेलमन्त्रीस्वास्थ्य तथा जनस‌‌ङ्ख्या
१५श्री अजयकुमार चौरसियामन्त्रीकानून, न्याय तथा संसदीय मामिला
१६श्री बद्रीप्रसाद पाण्डेमन्त्रीसंस्कृति, पर्यटन तथा नागरिक उड्डूयन
१७श्री रामनाथ अधिकारीमन्त्रीकृषि तथा पशुपन्छी विकास
१८श्री विद्या भट्टराईमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि
१९श्री मानवीर राईमन्त्रीरक्षा
२०श्री दिपक खड्कामन्त्रीऊर्जा, जलस्रोत तथा सिँचाइ
२१श्री राजकुमार गुप्तामन्त्रीसङ्घीय मामिला तथा सामान्य प्रशासन
२२श्री ऐनबहादुर शाही ठकुरीमन्त्रीवन तथा वातावरण

प्रतिक्रिया