‘ग्लोबल लेबर प्रोग्राम’बारे संक्षिप्त जानकारी

ग्लोबल लेबर प्रोग्राम – सशक्तिकरण र मान्यताका लागि श्रमिकहरूलाई संगठित गर्ने प्लेटफर्म (GLP-POWER) ग्लोबल लेबर प्रोग्राम – सशक्तिकरण र मान्यताका लागि श्रमिकहरू संगठित गर्ने प्लेटफर्म (GLP-POWER) ले कामदारहरूको समस्या वा मुद्दाहरुको ऐक्यबद्धता, समावेशीकरण र श्रब्य दृश्य मार्फत ठुलो समूहमा जानकारी पुरयाउनको लागि नयाँ नयाँ तरिकाहरूको प्रयोग गर्ने लक्ष्य राखेको छ। यसले विभिन्न प्रकारले पछाडी परेका अनौपचारिक/अस्थाई कामदारहरूलाई आपसमा संगठित भई आफ्ना विषय वा मुद्दाहरुको बारेमा सामुहिक सौदाबाजी गर्ने क्षमता, वृहत्तर क्षेत्रीय एकता, समावेशीकरण, र  श्रब्य दृश्य मार्फत ठुलो समूहमा जानकारी पुरयाउन विभिन्न तरिकाहरुको मूल्याङ्कन र प्रवर्द्धनमा केन्द्रित रहेको छ।

“CONNECT” अनलाइन प्लेटफर्ममा वेब पोर्टल र मोबाइल एप समावेश रहेका छन जुन अनौपचारिक कामदारहरू समावेश गर्ने उद्देश्यले तयार गरिएको हो। कनेक्ट प्लेटफर्म अनौपचारिक र अनिश्चित कामदारहरूले सुरक्षित तरिकाले आफ्ना बिचारहरु आदानप्रदान गर्न, सहकार्य गर्न र समस्या समाधान गर्न ठाउँ प्रदान गर्दछ। यसले समावेशीकरण बढाउँदै सर्बसुलभ नागरिक अधिकार र मनोसामाजिक सहयोग समेत प्रदान गर्दछ ।

कनेक्ट प्लेटफर्मले अनौपचारिक कामदारहरूको सामुहिक सौदाबाजी गर्ने शक्ति बढाउन मद्दत गर्नेछ, उनीहरूलाई निष्पक्ष र राम्रो काम पाउन सहयोग गर्छ, जसले गर्दा उनीहरुले मर्यादित जीवन पाउने छन्। थप जानकारीको लागि र CONNECT एप डाउनलोड गर्न, कृपया यहाँ  click here गर्नुहोस्। AD

प्रतिक्रिया