भरियो बागमती, कांग्रेस र एमाले पार्टीकार्यालयमा डुबान, फोटो फिचर

२२ साउन, काठमाडौं । सोमबार रातीदेखि परेको अविरल बर्षाले देशका प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।


वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेकोमा दिउँसो केही सहज भएको छ । कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए । लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ ।


निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको हो ।
सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यालय र च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय डुबानमा परेको छ । एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।

प्रतिक्रिया