नेपाल वुमन्स भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

२२ साउन, काठमाडौं । इरानलाई सोझो सेटमा हराउँदै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको फाइनल प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो। आजको जितसँगै नेपालले समूह चरणमा भोगेको पराजयको बदला पनि लिएको छ। नेपालले अब फाइनलमा डिफेन्डिङ च्याम्पियन भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
जारी प्रतियोगिताको समूह चरणको खेलमा नेपालले ऐतिहासिक रूपमा भारतलाई पराजित गरेको थियो। उच्च मनोबलमा रहेको नेपाली टिमले बुधबार फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया