


२४ साउन, काठमाडौं । तिज नजिकिदै गर्दा गायीका शुसिला पराजुली बरालको आवाजमा ‘मै राम्री हो कि’ गीत सार्वजनिक भएको छ । संगीतकार लक्ष्मण पोखरेलको संगीत र शुसीलाको आवाजमा तिज लक्षित गीत ‘मै राम्री हो कि’ बुधबार ओएसआर डिजिटलको नाममा रहेको सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक भएको हो । गायीका शुसिलाको पहिलो प्रयासलाई दर्शकहरुले मन पराएका छन् ।
बिनोद बरालको रचना, लक्षुप्रकाश मल्लको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ हरेको गीतको भिडियोमा विना राउत र एलिसा विष्टको अभिनय रहेको छ ।
कृष्णदेव रुपाखेतीले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोको छांयाकन किर्तिपुरको ऐतिहासिक स्थान बाघभैरव मन्दिरलगायतका रमणीय स्थानहरुमा गरिएका छ । नेपाली मौलिकता झल्कने गरि तयार गरिएको भिडियोले झरी कै विचमा तिज भित्रिएको झल्को दिएको छ ।


