पर्यटन व्यवसायी संगठन सिन्धुपाल्चोकको अध्यक्षमा भोटेकोशी बिचका सापकोटा, फोटो फिचर

नेपाल पर्यटन व्यवसायी संगठन सिन्धुपाल्चोकको प्रथम भेलाले कृष्ण सापकोटालाई अध्यक्ष चयन गरेको छ ।

२७ साउन, सिन्धुपाल्चोक । नेपाल पर्यटन व्यवसायी संगठन सिन्धुपाल्चोकको प्रथम भेलाले कृष्ण सापकोटालाई अध्यक्ष चयन गरेको छ । आइतबार सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्गमा पर्ने चर्चीत पर्यटकीय क्षेत्र सुकुटेमा सम्पन्न प्रथम भेलाले भोटेकोशी बिच रिसोर्टका सञ्चालन रहेका व्यवसायी सापकोटाको अध्यक्षतामा सर्वसम्मत समिति गठन गरेको हो ।


भेलामा सिन्धुपाल्चोक क्षे नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोध, संविधानसभा सदस्य केशव नेपाल, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं उपत्यकाबाट ६५ किलोमिटर दुरीमा रहेको सुकुटे क्षेत्र आन्तरिक र बाह्य पर्टटकका लागि रोजाइमा रहेको गन्तव्य हो । सुकुटे र्याफ्टिङका लागि पनि उत्तिकै चर्चीत छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतक प्रतिवेदन लेखनका लागि अक्सर रोज्ने गरेको सुकुटेले देशै भरीका पर्यटकलाई आकर्षण गरिरहँदा समय अनुकुल पर्यटन क्षेत्र विकासका लागि व्यवसायीहरुले संगठन गठन गरेको बताएका छन् ।


कार्यक्रममा उपस्थित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले सुकुटे क्षेत्रको पर्यटन विकासमा आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए । अरनिको राजमार्ग अन्तरगत बन्देउदेखि बलेफीसम्म राजमार्गको दायाँ बायाँ चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिकामा समेत गरेर डेढ दर्जन बढी सुविधा सम्पन्न विच रिसोर्ट रहेका छन् । नेपालमा पहिलो बिच रिसोर्टको अबधारणाबाट सुकुटे बिच स्थापना भएसँगै सो क्षेत्रमा बिच रिसोर्टहरु बढ्दै गएका छन् ।
आइतबार भएको भेलाले उपाध्यक्षमा सीता तामाङ श्रेष्ठ, सचिव विकेश लामा र कोषाध्यक्ष चित्रराज गिरीलाई सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा ढकबहादुर सुवेदी, आकाश तामाङ, पाँचपोखरी, पासाङ लामा , कार्पो शेर्पा, जयराम पराजुली, पासाङलाल तामाङ, भक्तबहादुर श्रेष्ठ, र लालबहादुर श्रेष्ठ रहेका छन् ।कुल २५ सदस्यीय समितिमा केही सदस्य पछि थप गर्ने गरी सर्बसम्मती मै नेतृत्व चयन भएको हो ।

प्रतिक्रिया