प्यारो कर्कलो

मुसलधारे पानीमा भिजिरहँदा कहिलै छाता सम्झिन मैले
मलाई वर्षातसँग दुरी बढाउनु थिएन, खेल्न चाहन्थे
आमा भन्थिन टाउको भिजे ज्वरो आउँछ, म त्यो झेल्न चाहन्थे

धेरै प्यारो अनि मेरो रहर तिमी सँगको याद झल्झली
धेरैले अचम्म मान्छन् तर मलाई अझ तिम्रो याद आउँछ कर्कली

खेतबारीका मान्छे जब पानी पथ्र्यो खोल्सा हेर्थे
या बारी हेर्थे तिम्रो सबै भन्दा ठुलो आकार हेर्थे

मेलामा काम गरिरहँदा बा लाई प्यास लाग्थ्यो
पानी ल्याउने भाडा हुन्न थियो अनी तिम्रो आश लाग्थ्यो

तिमी सँगै अतित सम्झन्छु, आहा बालापनमा हुन्छु
बा सम्झन्छु आमा सम्झन्छु अनि दिदीहरु सम्झन्छु

हो म अहिले पनि भिज्न रमाउछु भिज्छु तिमी सम्झन्छु
तिम्रो साथ पाउन दौडने खाली खुट्टा सम्झन्छु
हो म अहिले पनि पानी पर्दा छाता सम्झन्न तिमी सम्झन्छु
बा लाई प्यास लाग्दा आमा लाई प्यास लाग्दा तिमी सम्झन्छु
प्यारो कर्कलो………

प्रतिक्रिया